Logo

म्यान्चेस्टर युनाईटेड एफए कपको क्वाटरफाईनलमा प्रवेश



काठमाडौं, ६ फागुन । प्रिमियर क्लवहरु म्यान्चेस्टर युनाईटेड, साउथह्याम्पटन र ब्राईटन एफए कप फुटबलको क्वाटरफाईनलमा प्रवेश गरेका छन् ।

काठमाडौं, फागुन ६ । प्रिमियर क्लवहरु म्यान्चेस्टर युनाईटेड, साउथह्याम्पटन र ब्राईटन एफए कप फुटबलको क्वाटरफाईनलमा प्रवेश गरेका छन् ।

गएराती भएको खेलमा हडर्सफिल्ड टाउनलाई २-० ले हराउँदै म्यान्चेस्टर युनाईटेडले ब्राईटन विरुद्धको क्वाटरफाईनल भिडन्त तय गरेको हो ।

खेलमा म्यान्चेस्टर युनाईटेडलाई विजयी गराउन दुबै गोल रोमेलु लुकाकुले गरे । एफए कप फुटबलकै अर्को खेलमा साउथह्याम्पटनले वेष्ट ब्रोमलाई २-१ ले हराउँदा ब्राईटनले कोभेन्ट्री सिटीलाई ३-१ ले पराजित गर्‍यो ।

शेफिल्ड वेनस्डे र स्वान्सी सिटीको खेल भने गएराती बराबरीमा सकिएपछि रि प्ले हुने भएको छ । रि प्ले स्वान्सी सिटीको मैदानमा हुनेछ ।एजेन्सीको सहयोगमा 



प्रतिक्रिया दिनुहोस्