Logo

‘प्याकेजमै डिल’ गर्नुपर्ने प्रचण्डको प्रस्तावमा ओली सहमत



काठमाडौं, ६ फागुन। प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीचको वान टु वान वार्ता भर्खरै सम्पन्न भएको छ ।
भक्तपुरको पुरानो ठीमीस्थित व्यापारी दुर्गा प्रसाईको नीजी निवासमा भएको वान टु वान वार्तामा प्याकेजमै डिल गर्नुपर्ने प्रचण्डको प्रस्तावमा ओली सहमति भएको खुलासा भएको छ।

प्रचण्डले राष्ट्रपति, उपराष्ट्रपति, सभामुख लगायतका महत्वपूर्ण पदमा प्याकेजमै डिल गर्नुपर्ने प्रस्ताव गरेका थिए । दाहालको प्रस्तावमा ओली पनि सकारात्मक छन् । त्यस्तै मन्त्रालय बाँडफाँड पनि प्याकेजमै टुँगो लगाउने उनीहरुवीचको छलफलमा सहमति बनेको स्रोतको दाबी छ ।

यसको अलावा आजको वार्तामा पार्टी एकता र कार्यदिशाका साथै माओवादी केन्द्रको सरकारमा सहभागिताका विषयमा छलफल भएको ओलीका प्रेस सचिवालय संयोजक चेतन अधिकारीले पत्रकार ऋषि धमलालाई जानकारी दिए ।

अधिकारीले ओलीको भनाई उद्धृत गर्दै भने,‘छलफल निरन्तर जारी रहन्छ, वार्ता सकारात्मक छ । एकतालाई छिट्टै टुँगोमा पुर्याईन्छ ।’ अधिकारीले छलफल सकारात्मक भएको र पुनः छलफलमा बस्ने गरी आजको वार्ता सकिएको बताए ।



प्रतिक्रिया दिनुहोस्