Logo

तस्बिरमा हेनुहोस् प्रधानमन्त्री ओलीको बालुवाटार प्रवेश (फोटोफिचर)



काठमाडौं, ६ फागुन । प्रधानमन्त्री केपी शर्मा ओली आइतबार साँझ सरकारी निवास बालुवाटार सरेका छन्। अपराहृन ४ बजे बालुवाटार जाने तय भए पनि प्रधानमन्त्री ओली साँझ साढे ६ बजे मात्र बालुवाटार प्रवेश गरेका हुन्।

बिहीबार प्रधानमन्त्रीमा नियुक्त भएका ओली आजबाट मात्र सरकारी निवासमा बस्न थालेका हुन्। पिपलको बिरूवामा पानी हालेर ओली दम्पत्ति बालुवाटार प्रवेश गरेका हुन्।

उनलाई नेपाली सेनाको टुकडीले स्वागत गरेको थियो। प्रधानमन्त्री ओलीलाई स्वागत गर्न सर्वसाधरणसहित एमाले कार्यकर्ताको बाक्लो उपस्थिति रहेको थियो। शुक्रबार निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले बालुवाटार छाडेका थिए।

तस्बिरहरू : मुकुन्द कालिकोटे



प्रतिक्रिया दिनुहोस्