Logo

गुण्डा नाइके मनोज पुन पक्राउ परेको दाबी, प्रहरीको भनाई यस्तो छ



फागुन ७, काठमाण्डौ । गुण्डा नाइके मनोज पुनलाई नेपाल प्रहरीले भारतको गोवाबाट पक्राउ परेको बताइएको छ ।

आफू प्रत्यक्षदर्शीभएको दाबी गर्दै भारतीय नागरिक गिरीराज सिंहले दिएको जानकारी अनुसार मलेसियाबाट भारतको गोवा आइपुगेका पुनलाई हिजो दिउँसो पौने बाह्र बजे नेपाल प्रहरीको एक टोलीले पुनलाई पक्राउ गरेको हो ।

पुनकासाथमा अर्का व्यक्ति सोम आले पनि पक्राउ परेको सिंहले बताएका छन् ।

तर पक्राउ भए नभएको बारेमा पुष्टी भइनसकेको नेपाल प्रहरीका प्रवक्ता मनोज न्यौपानेले बताएका छन् ।
“खोजीको सूचिमा छ । पक्राउ गर्ने प्रयास पनि भइरहेको छ । तर अहिलेसम्म केन्द्रमा केही जानकारी आएको छैन ।” प्रवक्ता न्यौपानेले भने ।

दुर्गा तिवारीको हत्या भएपछि सम्पर्कविहिन भएका पुनको अन्य अपराधिक घटनामा पनि संलग्न भएको आशंका प्रहरीले गर्दै आएको छ ।

निर्माण व्यवसायी महासंघका केन्द्रिय अध्यक्ष शरदकुमार गौचन र रुपन्देहीका फर्निचर व्यवसायी बलु पौडेलको हत्यामासमेत पुनको संलग्नता रहेको आशंका गरिएको छ ।



प्रतिक्रिया दिनुहोस्