Logo

बालकोट, ललितपुर हुँदै संयोजन समितिको बैठक बालुवाटारमा



काठमाडौं फागुन ७ : एमाले र माओवादी केन्द्रको एकता संयोजन समितिको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने भएको छ।

आज साँझ ७ बजे दुई पार्टीबीच एकताका लागि गठन गरिएको संयोजन समितिको बैठक बालुवाटारमा बस्न लागेको माओवादी केन्द्रका एक नेताले पत्रकार ऋषि धमलालाई जानकारी दिए ।

एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच आइतबार भएका सहमतिहरुलाई आजको बैठकले अनुमोदन गर्नुका साथै एकताका लागि थप गृह कार्य गर्ने कार्यदल आजको बैठकले बनाउनेछ। जनताको बहुदलीय जनवाद जबज) र माओवाद दुबैलाई महाधिवेशनबाट टुङ्ग्याउने सहमति भइसकेको छ।



प्रतिक्रिया दिनुहोस्