Logo

एकता संयोजन समितिको बैठक ७ बजे, यस्तो निर्णय हुने झलनाथ र पम्फाको खुलासा



काठमाडौं, ७ फागुन । नेकपा एमाले र नेकपा माओवादी केन्द्रवीच आज एकताबारे विशेष समझदारी हुने भएको छ ।

एकता प्रक्रियालाई टुँगोमा पुर्याउनको लागि आज साँझ ७ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा एकता संयोजन समितिको बैठक बस्ने तय भएको छ ।

एमाले बरिष्ठ नेता झलनाथ खनालले पत्रकार ऋषि धमलालाई दिएको जानकारी अनुसार आज बस्ने बैठकले एकता प्रक्रियालाई टुँगोमा पुर्याउने निश्चित भएको छ । उनका अनुसार आजै साँझ एकताबारे एक किसिमको समझदारी बाहिर आउने भएको छ।

उता माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुषालले पनि आजको बैठकले एकताबारे ठोस निर्णय लिने पत्रकार धमलालाई जानकारी दिईन् । मन्त्रालय बाँडफाँडबारे पनि आजको बैठकमा समझदारी बन्ने स्रोतको दाबी छ ।



प्रतिक्रिया दिनुहोस्