Logo

राष्ट्रिय फुटवल टिमका उपकप्तान लामा डिस्चार्ज



काठमाडौ, फागुन ७ : नेपाली राष्ट्रिय फुटवल टिमका उपकप्तान तथा थ्रि स्टार क्लबका कप्तान बिक्रम लामा आज ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालबाट डिस्चार्ज भएका छन् ।

दाहिने गोडामा चोट लागेका लामा शल्यकृया र नियमित फिजियो थेरापी लगायतका पुनस्थापनात्मक उपचारपछि आज डिस्चार्ज भएका हुन् ।

नौ दिन अघि ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा भर्ना भएका लामाको सोही दिन राती बरिष्ठ अर्पेथोडिक सर्जन तथा ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालका मेडिकल डाइरेक्टर डा। चक्रराज पाण्डेको टिमले सफल शल्यक्रिया गरेको थियो । लामाको भोलीपल्ट आइतबार देखिनै फिजियोथेरापि समेत शुरु गरिएको थियो ।

हाल उनको घाउ निको हुँदै गएको र बैशाखीको सहायतामा हिँडडुल गर्न सक्ने अवस्था रहेकोले उनलाई आज डिस्चार्ज गरीएको डा। चक्रराज पाण्डेले जानकारी दिनुभएको छ । लामा ६ देखी ८ महिनामा खेल मैदानमा फर्कन सक्ने समेत डा। पाण्डेले दोहोर्याउनुभएको छ ।

अस्पतालबाट डिस्चार्ज हुने क्रममा बोल्दै बिक्रम लामाले पनि आफुले उत्कृष्ट उपचार पाएकोमा कृतज्ञता ब्यक्त गर्दै उपचारमा संलग्न डा। चक्रराज पाण्डेको टिम तथा ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल परिवारप्रति आभार ब्यक्त गरेका छन् ।

धरानमा जारी बुढासुबा गोल्डकपको फाइनल खेलमा नेपाल पुलिस विरुद्ध खेल्दा घाइते भएका लामालाई तत्काल ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा ल्याइएको थियो ।

ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल खेलकुदका क्रममा मैदानमा खेलाडीहरुलाइ हुने बिभिन्न चोटपटकको उपचारका लागि हाल उत्कृत्ट गन्तव्यका रुपमा स्थापित भएको छ । बिरामी केन्द्रित उपचार र पारिवारिक वातावरणले बिरामीहरुलाई छिटो निको हुन समेत मद्दत गर्ने गरेको छ ।

पाँचबर्षमा ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले सयौं खेलाडिहरुको सफल उपचार गरिसकेको छ । अस्पतालका दक्ष तथा अनुभवि ट्रमा सर्जनहरुको टिमले बिभिन्न अङ्गहरु र हाडजोर्नीमा चोटपटक लागेर उपचारकालागि आएका बिरामीहरुको तत्काल उपचार गर्दछन् ।

यस अस्पतालमा सातै दिन चौबिसैघण्टा तयारी अवस्थामा रहने अर्थोपेडिक तथा ट्रमा सर्जनहरुको टीमले दिन रात केहि नभनी तत्काल बिरामीको उपचार गर्ने हुनाले बिरामी छिटो निको हुन मद्दत गर्दछ भने उपचारमा ढिलाइको कारण उत्पन्न हुनसक्ने जटिल अवस्थावाटसमेत जोगाउन सकिन्छ ।



प्रतिक्रिया दिनुहोस्