Logo

सभामुखमा महराको चर्चा, नेतृत्वमा वर्षमानले बाजी मार्लान त ?



काठमाडौं, ८ फागुन । नेकपा माओवादी केन्द्रबाट केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारमा कसको नेतृत्वमा सहभागी हुनेबारे बहस सुरु भएको छ ।

सरकारमा सहभागी हुने आकांक्षी नेताहरु धेरै छन् । तर, यो पटक आफूले पार्टीको तर्फबाट सरकारमा नेतृत्व गर्न पाउनुपर्छ भन्दै वर्षमान पुन लागिरहेका छन् । पुनले पार्टीको तर्फबाट सरकारमा नेतृत्व गर्ने सहमति भए सभामुखमा माओवादीले नेता कृष्णबहादुर महरालाई पठाउने होमवर्क पनि गरिरहेको छ ।

तर यो सँगसँगै सभामुखमा ओनसरी घर्तीमगरलाई नै ल्याउनुपर्ने पनि आवाज उठिरहेको छ । ओनसरी सभामुख भए वर्षमानको व्यवस्थापन हुने केही नेताहरुको बुझाई छ ।

एमाले–माओवादी एकताबारे हिजो भएको ऐतिहाँसिक सहमतिसँगै वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी र उपराष्ट्रपति नन्दबहादुर पुनलाई नै दोहोर्याउने भद्र सहमति भएको छ । राष्ट्रपति र उपराष्ट्रपति दोहोरिने भए सभामुखमा पनि ओनसरीलाई नै अघि सार्नुपर्ने आवाज माओवादीभित्रबाटै उठेको छ ।



प्रतिक्रिया दिनुहोस्