Logo

देउवा सरकारको सिफारिस उल्ट्याइएको भन्दै नेविसंघ सडकमा (भिडियोसहित)



फागनु ८, काठमाण्डौ । नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ(नेविसंघ)ले सरकारले मनोनित गरेको राष्ट्रिय सभा सदस्य असंवैधानिक भएको भन्दै विरोध प्रदर्शन गरेको छ ।

मंगलबार भृकुटीमण्डपबाट जुलुश निकालेर रत्नपार्कमा कोणसभा गर्दै नेविसंघले सरकारले कानुनको धज्जी उडाएको आरोपसमेत लगाएको हो ।
कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले कांग्रेसका तीन जना नेता राष्ट्रिय सभा सदस्यका लागि सिफारिस गरेपनि एमाले अध्यक्ष केपी शर्मा ओलीको सरकारले उक्त निर्णय उल्टाएको छ ।

नयाँ सरकारले सिफारिस गरेका तीन जनालाई राष्ट्रपति विद्यादेवी भण्डारीले आजै मनोनित गरिसकेकी छन् ।सोही कदमको विरोध गर्दै नेविसंघका अध्यक्ष नैनसिंह महरले यो सरकारले नेपालको संविधानको धज्जी उडाएको आरोप लगाउँदैसरकारको कदमको विरोध विरोध गरेको बताए ।

केपी ओली नेतृत्वको सरकार तानाशाही देखिएको भन्दै महरले निरंकुशतासँग लडेर आएको पार्टीको संगठनले केपी ओलीको छातीमा ढ्याङ्ग्रो ठटाएर भएपनि उक्त निर्णय फिर्ता गराउँने दाबी गरे ।

सभामा नेविसंघका नेता आनन्दराज त्रिपाठीलगायतले भनाइ राख्दै सरकारको कदमको विरोध गरेका थिए ।

https://youtu.be/XuEcJrlHF2c

तस्विर : मुकुन्द कालिकोटे 



प्रतिक्रिया दिनुहोस्