Logo

सरकार संविधान संशोधन गर्न तयार नभएसम्म सरकारमा नजाने महतोको स्पष्टोक्ति



फागुन ९, काठमाण्डौ । राष्ट्रिय जनता पार्टीका नेता राजेन्द्र महतोले आफ्नो दल सरकारमा सहभागि हुने सम्भावना नरहेको बताएका छन् ।

नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै नेता महतोले सरकारमा सहभागि हुने विषयमा छलफल नै नभएको बताएका हुन् ।

आफूहरुका लागि सरकारभन्दा पनि संविधान संशोधनको एजेण्डा महत्वपूर्ण भएको महतोको तर्क छ ।

संविधान संशोधनको एजेण्डाका बारमा सरकारबाट केही दृष्टीकोण नआएसम्म आफूहरु सरकारमा जाने कुराको अर्थ नहुने महतोको भनाई छ ।

प्रधानमन्त्रीले राजपालाई सरकारमा आउन आग्रह गरे पनि संविधान संशोधन गर्न सरकार तयार नभएसम्म आफूहरु सरकारमा नजाने महतोले स्पष्ट पारे ।



प्रतिक्रिया दिनुहोस्