Logo

विद्युत महशुल बढाउन नदिइएको कुलमानको गुनासो, स्मार्ट विलिङ प्रणालीको सुरुवात गर्ने घोषणा



फागुन ९, काठमाण्डौ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले तत्काल विद्युत महशुल नबढाउने बताएका छन् । ललितपुरमा बुधबार आयोजित नेपालमा सुचना प्रविधीको अवस्था र चुनौती विषयक अन्तक्रियामा बोल्दै घिसिङले अघिल्लो वर्ष शुल्क बढाउन खोज्दा विरोधको सामना गर्नुपरेको भन्दै तत्काल नबढाइने बताएका हुन् ।

आफूले प्राधिकरणलाई सबल र सक्षम बनाउनका लागि १० प्रतिशत विद्युत महशुल बढाउन खोजे पनि त्यसलाई सफल हुन नदिइएको घिसिङको भनाई थियो । जलविद्युत् उत्पादन बढ्दै गएपछि अहिलेकै मूल्य पनि घटाउन सकिने उनले बताए ।

मूल्य बढाउन नपाएपनि पछिल्लो वर्ष प्राधिकरण नाफामा गएको घिसिङको भनाई छ । १२ अर्व घाटामा रहेको प्राधिकरणको व्यवस्थापनमा भएको सुधारले नाफामा जान सफल भएको उनको दाबी थियो ।

नेपाली जनतासँग भएको पैसा उर्जा क्षेत्रमा लगानी गर्नुपर्नेमा उनले जोड दिए । जनतासँग भएको पैसाको सदुपयोग र व्यवस्थापनका लागि योजना बनाउने हो भने अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुग्ने घिसिङको भनाई छ ।

विल तिर्न कै लागि लाइन बस्न पर्ने झन्झट अन्त्य गर्न प्राधिकरणले स्मार्ट विलिङ प्रणालीको सुरुवात गर्न लागेको घिसिङले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस्