Logo

आकांक्षी धेरै भएपछि मन्त्री छान्न ओली-प्रचण्डलाई सकस



काठमाडौं, १० फागुन । नेकपा एमाले र माओवादी केन्द्रबीच मन्त्रालय बाँडफाँडमा कुरा मिलेको छ । एमालेको भागमा १० र माओवादी केन्द्रको भागमा ७ मन्त्रालय परेका छन् ।

तर, एमाले र माओवादी केन्द्रले कसलाई जिम्मेवारी दिने भनेर अहिलेसम्म कुनै ठोस टुँगो भने लगाउन सकेका छैनन् । मन्त्री बन्न आकांक्षीहरु धेरै देखिएपछि प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई समेत सकस परेको छ ।

स्रोतका अनुसार एमालेमा १० मन्त्रालयको लागि डेढ दर्जन नेताहरु मन्त्री बन्न दौडधुपमा उत्रिएका छन् । तर, ओलीले यो पटक योग्यतमा टिम राखेर काम गर्न ईच्छएका छन् । भलै उनले सार्वजनिक कार्यक्रममा समेत अभिव्यक्त गरेका छन कि मुलुक अब समृद्धिको यात्रामा अघि बढ्यो ।

पार्टीभित्र पनि नेतापिच्छेका गुट तथा उपगुटहरु भएकोले नेताहरुको व्यवस्थापन गर्न निकै गाहो देखिएको छ । सरकारमा सहभागी हुन लागेको दलसँग मन्त्रालय बाँडफाँडको हिसाबकिताब टुँगो लाग्दा समेत एमालेले कसलाई मन्त्री बनाएर पठाउने भनेर टुँग्गो लगाउन सकेको छैन् । यसको प्रमुख कारण भनेको नै आकांक्षीहरुको व्यवस्थाप गर्नु नै हो ।

यता नेकपा माओवादी केन्द्रले पनि आज मन्त्रालयमा एमालेसँग भागबण्डा मिलेपछि कसलाई ती मन्त्रालयको नेतृत्व गर्न पठाउने भन्नेबारे आन्तरिक छलफल गरेको थियो । तर, ७ वटा मन्त्रालयको लागि करिब एक दर्जन नेताहरुले आफ्नो दाबेदारी प्रस्तुत गरेपछि अहिले अध्यक्ष प्रचण्डलाई अप्ठ्यारो परेको छ । त्यसैले मन्त्री छान्ने जिम्मा पार्टी हेडक्वार्टरको आजको बैठकले अध्यक्ष प्रचण्डसँगै बरिष्ठ नेताद्धय रामबहादुर थापा बादल र नारायणकाजी श्रेष्ठलाई दिएको छ ।



प्रतिक्रिया दिनुहोस्