Logo

प्रचण्डले गोपाल किराती, विश्वभक्त दुलाल र लोकेन्द्र विष्टलाई माओवादीबाट निकाले



फागुन ११, काठमाण्डौ । माओवादी केन्द्रले एमालेसँग एकता गरेकोमा असन्तुष्टी व्यक्त गरेका आफ्ना तीन नेताहरुलाई पार्टीबाट हटाएको छ । विहीबार बसेको केन्द्रीय सचिवालयको बैठकले गोपाल किराती, विश्वभक्त दुलाल (आहुती) र लोकेन्द्र विष्ट मगरलाई कारबाही गरेको हो ।

माओवादी बैठकले तीन नेता ‘पार्टीमा नरहेको’ सार्वजनिक घोषणा गर्ने निर्णय गरेको हो । माओवादीले एमालेसँग पार्टी एकता गर्ने सहमति गरेलगत्तै तीन नेताले एकताको विरोध गर्दै माओवादी केन्द्र पुनगर्ठनको घोषणा गरेका थिए ।

साथै पछिल्लो समय तीनै नेताहरु बैद्य माओवादी र विप्लव समूहले गरेको संयुक्त कार्यक्रममा समेत उपस्थित भएका थिए । पूर्वमन्त्रीसमेत रहेका विष्टले केही पहिले नै माओवादी छाडेको बताएका थिए भने आहुतिले पछिल्लो समय माओवादी आफ्नो पार्टी नभएको र प्रचण्ड आफ्नो नेता नभएको अभिव्यक्ति दिएका थिए । किराती भने माओवादीमै थिए ।

फागुन ७ मा एमाले माओवादीबीच सहमत भएसँगै किरातीकै नेतृत्वमा माओवादी केन्द्र पुनगर्ठनको निर्णय भएको थियो । चुनावअघि नै एमालेसँग गठबन्धन गरेपछि किँरातीले प्रचण्डको आलोचना गर्दै आएका थिए ।



प्रतिक्रिया दिनुहोस्