Logo

नेपालका लागि भारतीय राजदुत पुरीले दिए ओलीलाई ६७औँ जन्मदिनको शुभकामना



फागुन ११, काठमाण्डौ । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शुक्रवार आफ्नो ६७औँ जन्मदिन मनाएका छन् ।

प्रधानमन्त्री ओलीलाई जन्मदिनको शुभकामना दिन नेपालका लागि भारतीय राजदुत मञ्जित सिंह पुरी विहान वालुवाटार पुगेका थिए ।

जन्मदिनको शुभकामना दिदै पुरीले ओलीको प्रधानमन्त्रीको कार्यकालको शुभकामनाका साथै सुस्वास्थ्य र दिर्घायुको कामना गरेका थिए ।
शुभकामना दिन चीनका राजदुत यु होङ पनि बालुवाटार पुगेका थिए ।

प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री ओलीले बिहानै दुई वटा केक काटेर जन्मदिन मनाएका हुन् ।

ओलीको जन्मदिनको शुभकामनासहित एमाले पार्टी कार्यालय र मदन भण्डारी स्पोर्ट्स एकेडेमीले केक वालुवाटार पुर्याएका थिए ।



प्रतिक्रिया दिनुहोस्