Logo

दुई दिने मानव जगत प्राणीहरुको कल्याण पुजा समापन (फोटोफिचर)



काठमाडौं, १२ फागुन । डोल्पा समाजले काठमाडौको तिनचुलीमा आयोजना गरेको दुई दिने मानव जगत प्राणीहरुको कल्याण पुजा शनिबार सम्पन्न भएको छ ।

सम्पूर्ण मानवजातीको कल्याण तथा मृतकहरुको चीरशान्तीका लागी पुजा आयोजना गरिएको डोल्पो समाजले जनाएको छ ।

ल्होछारको अवसरमा आयोजना गरिएको पुजामा डोल्पाबाट आएका ल्हादुल रिन्पोछे , क्षोकटुक रिन्पोछे , मार्गोन रिन्पोछे लगाएतका धर्मगुरु तथा माथिल्लो डोल्पाका रिम्पोछे र आनीहरुको सहभागीता थियो ।

पुजाकै लागि माथिल्लो डोल्पाबाट सर्वसाधारण काठमाडौ आएका थिए । डोल्पो समाजका अध्यक्ष बौद्ध धर्म गुरु निमा रिम्पोचेले समस्त प्राणीको कल्याणका लागी समाजले बर्षेपिच्छे पुजाको आयोजना गर्ने गरिएको बताउनुभयो ।

पुजा समापन समारोहमा डोल्पाका जनप्रतिनिधीले अब डोल्पाको बिकासका लागी स्थानीय सरकारले तिव्र रुपमा काम अघि बढाउने बताएका थिए ।

पुजाको डोल्पा बिद्यार्थी समाजले सहआयोजना गरेको हो । कार्यक्रममा डोल्पाको भेषभुषा झल्कने सास्कृतिक प्रस्तुती आयोजना गरिएको थियो ।

तस्विर :  मुकुन्द कालिकोटे



प्रतिक्रिया दिनुहोस्