Logo

कांग्रेस केन्द्रीय कार्यालयमा नेविसंघको प्रदर्शन



काठमाडौं, १३ फाल्गुन । नेपाल विद्यार्थी संघको असन्तुष्ट पक्षले नेपाली कांग्रेसको पार्टी केन्द्रीय कार्यालय सानेपामा प्रर्दशन गरेको छ।

नेविसंघको साथै पार्टी विधि र विधान अनुसार संचालन नभएको भन्दै विद्यार्थीले नेतृत्वको ध्यानाकर्षण गराउँदै पार्टी कार्यालय सानेपामा प्रर्दशन गरेका हुन्। केन्द्रीय कार्यसमिति बैठकका लागि पार्टी कार्यालय पुगेका सभापति शेरबहादुर देउवालाई विद्यार्थी नेताले चश्मा उपहार पठाएका छन्।

विधि र विधान अनुरुप चल्नका लागि अध्याँरोबाट उज्यालोमा आउने सन्देश स्वरुप चश्मा उपहार दिएको विद्यार्थीले बताएका छन्। विद्यार्थीले ‘जिद्दीले होइन विधिले चलौं, वेथितिले होइन, विधिबाट चलौं’ भन्दै पार्टी भित्रको वेथितिका बारेमा केन्द्रीय कार्यालय परिसरभित्रै चर्को नाराबाजी गरेका थिए।

केन्द्रीय महाधिवेशन भएको झण्डै डेढ बर्ष भइसक्दा पनि जिल्ला तथा क्याम्पसको अधिवेशन नभएको, नेविसंघका सभापतिले मनोमानी ढंगमा क्याम्पसका अध्यक्ष तोक्ने काम गरिएको असन्तुष्ट विद्यार्थीले आरोप लगाएका छन्।



प्रतिक्रिया दिनुहोस्