Logo

देउवालाई रामचन्द्रको लेटर बम्ब : अब प्रधानमन्त्री हुने सपना र संसदीय दलको नेता बन्ने चेष्टा गर्नुहोस्



काठमाडौं, १३ फागनु । नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी सभापति शेरबहादुर देउवाविरुद्ध कडा प्रहार गरेका छन् ।

पछिल्लो समय सभापति देउवाविरुद्ध आक्रमक रुपमा प्रस्तुत हुँदै आएका नेता पौडेलले आजको केन्द्रिय कार्यसमिति बैठकमा पनि कडा चेतावनी दिए । उनले देउवालाई अबपनि प्रधानमन्त्री बन्ने सपना नदेख्न चेतावनी दिएको स्रोतको दाबी छ ।

पौडेलको भनाई उद्धृत गर्दै स्रोतले भन्यो,‘देउवाज्यू अब तपाई संसदीय दलको नेता बन्ने चेष्टा नगर्नुहोस्, बरु तत्काल अर्ली महाधिवेशन गराउनुहोस्, सभापतिबाट विदा हुनुहोस्, संसदीय दलको नेता पनि अरुलाई छोडिदिनुहोस, अब ढिलाई नगर्नुहोस्।’

संसदीय दलको नेता छान्न २१ गते चुनाव

कांग्रेसले संसदीय दलको नेता छान्न आउने फागुन २१ गते चुनाव गर्ने भएको छ । संसदीय दलको नेता छान्न २१ गते चुनाव गर्ने निर्णय गरेको पार्टी केन्द्रीय कार्यालय सचिव कृष्ण पौडेलले जानकारी दिए ।

बैठकले संसदीय दलको संशोधित विधान अनुमोदन गरेको छ । यस्तै, दलको नेता छान्नका लागि तीन सदस्यीय निर्वाचन समिति बनाएको छ ।
निर्वाचन समितिको संयोजनक चिनकाजी श्रेष्ठ छन् ।

नवीन्द्रराज जोशी र भीष्मराज आङ्दाम्बे निर्वाचन समितिको सदस्य छन् । यो समितिले संसदीय दलको संशोधित विधान अनुसार नेता चयन गर्ने छ ।



प्रतिक्रिया दिनुहोस्