Logo

प्रचण्डले बुझाए मन्त्रीको लिष्ट, मन्त्रिमण्डल विस्तार भोलि



काठमाडौं, १३ फागुन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीबाट मन्त्री बन्नेहरुको नाम आज प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाएका छन् ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री ओलीलाई आज साँझ भेटेर माओवादीबाट मन्त्री बन्ने ७ जनाकै नाम बुझाएको स्रोतले जानकारी दियो । मन्त्रीमा क–कसको नाम परेको छ भन्ने कुरा अहिलेसम्म सार्वजनिक गरिएको छैन ।

प्रचण्डले आज आफ्नो पार्टीबाट नाम दिएकोले सम्भवतः भोलि नै प्रधानमन्त्री ओलीले मन्त्रिमण्डल विस्तार गर्नेछन् । एमालेबाट पनि लगभग ओलीले मन्त्रीको नाम फाईनल गरिसकेका छन् ।



प्रतिक्रिया दिनुहोस्