Logo

सर्वोच्चको आदेश : राष्ट्रपतिले मनोनयन गरेका ३ जनालाई सपथ नगराउनु, दुवै पक्षलाई छलफलका लागि २० गते बोलायो



काठमाडौँ, १३ फाल्गुन :  सर्वोच्च अदालतले राष्ट्रिय सभाका लागि सरकारले मनोनयन गरेका तीनजनालाई तत्काल सपथ नगर्न/नगराउन अल्पकालिन अन्तरिम आदेश जारी गरेको छ ।

शेरबहादुर देउवाकाे नेतृत्वको सरकारले आफूहरुका लागि गरेको सिफारिस फिर्ता गरी नयाँ सरकारले तीन जनालाई सिफारिस गर्ने काम गलत भएको भन्दै गोपालकुमार बस्नेत, कृष्णप्रसाद पौडेल र चाँदनी जोशीले सर्वोच्चमा रिट हालेका थिए ।

न्यायाधीश प्रकाशमानसिंह राउतको एकल इजलासले आगामी २० गते हुने सपथमा डा. युवराज खतिवडा, रामनारायण बिडारी र डा. विमला पौडेललाई सदस्यको हैसियतमा सपथ नगराउन आदेश दिएको हो ।

तत्कालिन सरकारले गरेको सिफारिस कुनै संवैधानिक आधार बिना राष्ट्रपतिले अस्विकार गर्न मिल्ने नदेखिएको भन्दै सर्वोच्च अदालतले अल्पकालिन अन्तरिम आदेश दिएको हो ।

राष्ट्रियसभाको सदस्यका लागि मनोनित पुराना तीनजनाको सिफारिस राष्ट्रपतिले फिर्ता गर्नसक्ने प्रावधान संविधानमा उल्लेख भएको नदेखिएको आधारमा समेत अन्तरिम आदेश भएको हो ।अदालतले दुवै पक्षलाई छलफलका लागि २० गते बोलाएको छ ।



प्रतिक्रिया दिनुहोस्