Logo

क्युवाले मनायो १२३ औँ स्वतन्त्रता दिवस, तीन वरिष्ठ नेतालाई सम्मान



हवाना, क्युवा, १४ फागुन (रासस/सिन्ह्वा) : स्पेनबाट क्युवाको स्वतन्त्रता भएको दिनको सम्झना गदै शनिबार क्युवाले १२३ औँ स्वतन्त्रता दिवस मनाएको छ ।

यसै सन्दर्भमा क्युवाका राष्ट्रपतिले राहुल क्यास्ट्रोले सन् १९५९ को क्रान्तिमा योगदान पु¥याएका वरिष्ठ तीन नेतालाई ‘गणतन्त्रका नायक’ को उपाधीले विभूषित गरेको छ ।

सम्मानित हुनेमा स्पेनबाट क्युवालाई स्वतन्त्र बनाउन १८९५ फेब्रुवरी २४ मा विशेष योगदान पु¥याउनुभएका जोस मार्टी, रामिरो पाँचौँ, गुलेर्मो गार्सियालाई ‘गणतन्त्रका नायक’ को उपाधीले सम्मानित गरिएको हो ।

फिडेल क्यास्ट्रो तथा तथा उहाँ आफैलाई क्युवाको क्रान्तिमा सहयोग गर्ने सम्मानित व्यक्तित्व ८५ बर्षीय रामिरो पाँचौँ तथा ९० बर्षीय गुलेर्मो गार्सिया अहिले पनि जिवित हुनुहुन्छ ।

विरलै आउने राहुल क्याष्ट्रोको सम्बोधनमा उहाँले मार्टीको राष्ट्रियताप्रतिको सङ्कल्पको प्रसंशा गर्नुभएको थियो ।



प्रतिक्रिया दिनुहोस्