Logo

मन्त्रीहरुको सपथ अपरान्ह ४ बजे, उपेन्द्र आज नजाने



काठमाडौं, १४ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले आजै मन्त्रिमण्डल विस्तार गर्ने भएका छन् । को–को मन्त्रि बन्ने भन्नेबारे अहिलेसम्म कुनै टुँगो लागेको छैन् । तर, आज साँझ ४ बजे सपथग्रहण हुने प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले पत्रकार ऋषि धमलालाई जानकारी दिए ।

राष्ट्रपति कार्यालयमा सपथग्रहणको तयारी भैसकेको छ । एमालेबाट डा. युवराज खतिवडाले अर्थमन्त्रीको सपथ लिने उच्च स्रोतले जनाएको छ ।

माओवादी केन्द्रको तर्फबाट मन्त्री बन्नेहरुको नाम अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री ओलीलाई भेटेरै लिष्ट बुझाईसकेका छन् ।



प्रतिक्रिया दिनुहोस्