Logo

अब उपेन्द्र यादवसहित मन्त्रिमण्डल विस्तार हुन्छ : भट्टराई



काठमाडौं, १५ फागुन । नेकपा एमालेका नेता एवम् नेपाल–भारत प्रबुद्ध समूहका नेपाल तर्फका सदस्य डा. राजन भट्टराईले अब हुने मन्त्रिमण्डल विस्तारमा संघीय समाजवादी फोरम नेपाल पनि सहभागी हुने स्पष्ट पारेका छन् ।

मंगलबार पत्रकार ऋषि धमलासँगको कुराकानीमा नेता भट्टराईले यस्तो विश्वास दिलाएका हुन् । उनले भने,‘उपेन्द्र यादवजी सरकारमा आउने सहमति भएको छ, अब हुने मन्त्रिमण्डल विस्तारमा उहाँ पनि सहभागी हुनुहुन्छ।’

यद्धपी यादवलाई कुन पोर्टफोलियोमा सरकारमा ल्याउने भन्नेबारे अहिले छलफल भैरहेकोले भन्न नसकिने उनले स्पष्ट पारे । उनले भने,‘उपेन्द्रजी कुन मन्त्रालय लिनुहुन्छ, त्यसबारेमा अहिले छलफल भैरहेको छ, जे होस्, उहाँ अब सहभागी हुनुहुन्छ।’

त्यस्तै उनले संविधान संशोधन गर्ने प्रतिबद्धता पनि हिजो भएको छलफलमा प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनाएको बताए ।



प्रतिक्रिया दिनुहोस्