Logo

देउवा-पौडेलले गुट अन्त्य नगरे हामी हस्तक्षेप गर्छौं : घिमिरे



काठमाडौं, १५ फागुन । नेपाली कांग्रेसका युवा नेता गुरुराज घिमिरेले पार्टी सभापति शेरबहादुर देउवाले तत्काल दलका नेता बन्ने सपना त्याग्नुपर्ने बताएका छन् ।

पत्रकार ऋषि धमलासँगको कुराकानीमा उनले भने,‘अब देउवाले संसदीय दलको नेता छोड्नुपर्छ, चुनाव नहोस् भन्ने हाम्रो चाहना छ, दलको नेता सर्वसम्मतीमा चयन गर्नुपर्छ, यसको लागि सबैभन्दा उपर्युक्त महामन्त्री डा. शशांक कोइराला र प्रकाशमान सिंहलाई दिनुपर्छ ।’

घिमिरले सभापति देउवा र बरिष्ठ नेता रामचन्द्र पौडेल मिल्नुको विकल्प नभएको जिकिर गरे । उनले थपे,‘उहाँहरु मिल्नुपर्छ । आउने महासमितिको बैठकबाट गुट तथा उपगुगट अन्त्य होस ।’

उनले पाका नेताहरुले गुट तथा उपगुट अन्त्य नगरे आफूहरुले ठाडो हस्तक्षेप गर्ने चेतावनी समेत दिए ।



प्रतिक्रिया दिनुहोस्