Logo

उपेन्द्रजी सरकारमा जाँदा राम्रो हुन्छ : मुख्यमन्त्री राउत



काठमाडौं, १५ फागुन । प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेशको नाम मधेश राख्ने बताएका छन् । यद्धपी उनले राजधानी जनकपुर कि विरगन्ज कहाँ हुने भन्नेबारे अहिले पनि छलफल जारी रहेको बताए ।

उनले भने,‘प्रदेशको नाम मधेश रहन्छ, राजधानीको सवालमा भने जनकपुर कि विरगन्ज कहाँ राख्ने भन्नेबारे छलफल जारी नै छ।’

मंगलबार पत्रकार ऋषि धमलासँगको कुराकानीमा उनले आफूहरु मन्त्रिमण्डल विस्तार गर्ने आन्तरिक तयारीमा जुटिसकेको पनि जानकारी दिए । उनले थपे,‘ एक÷दुई दिनभित्रै हामी मन्त्रि नियुक्ती गर्छौं।’

फरक प्रसँगमा उनले मधेश आन्दोलनमा सहादत प्राप्त गरेका सहिदका परिवारलाई ५० लाख दिलाउनको लागि आफूले पहल गर्ने पनि जनाए । उनले भने,‘हिजोको दिनमा हामीले दिन्छौं भनेर बोलेकै हो, त्यसैले म यसको लागि पहल गर्छु।’

मुख्यमन्त्री राउतले फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवलाई सरकारमा सहभागी हुनको लागि सुझाव दिएका छन् । उनले भने,‘उपेन्द्रजी सरकारमा जाँदा राम्रो हुन्छ ।’



प्रतिक्रिया दिनुहोस्