Logo

वाम कार्यदल बैठक बस्दै



काठमाडौं, १५ फागुन । एमाले र माओवादी केन्द्रबीच संगठनात्मक एकीकरणको लागि अन्तरिम विधान बनाउन गठित कार्यदलको बैठक आज बस्दैछ ।

एमाले केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्ने बैठकले संगठनहरुको एकीकरणको मापदण्ड बनाउन कार्यतालिका निर्माण गर्ने भएको छ । फागुन २५ भित्र अन्तरिम विधान र संगठनात्मक अवधारणाको पहिलो मस्यौदा तयार पार्ने गरी कार्यतालिका बनाउन लागिएको कार्यदलका प्रवक्ता एमाले सचिव गोकर्ण बिष्टले बताए ।

यसअघिको बैठकमा दुवै दलले आआफ्नो बिधान, दस्तावेज र कमिटीहरुको विवरण आदानप्रदान गरेका थिए । पार्टी केन्द्रदेखि गाउँ तहसम्मका कमिटीहरु एकीकरण गर्न यो कार्यदलले ठोस आधार तय गर्नेछ ।

त्यस्तै भ्रातृ संगठनहरुको एकीकरणको बिधिसमेत यही कार्यदलले तय गर्नेछ ।

 



प्रतिक्रिया दिनुहोस्