Logo

ओलीको रथमा चढ्लान् त उपेन्द्र ? यस्तो छ प्रयास



फागुन १६, काठमाण्डौ । संघीय समाजवादी फोरम नेपाल सरकारमा जाने तयारीस्वरुप अन्तिम कसरतमा जुटेको छ । सरकारको नेतृत्व गरेको नेकपा एमाले संविधान संशोधनका लागि तयार भएपछि फोरम सरकारमा जान लागेको हो ।

सरकारमा सहभागि हुनका लागि गठित कार्यदलले प्रतिवेशन पेश गरिसकेका छन् । उक्त प्रतिवेदनलाई आज अन्तिम रुप दिने तयारी भइरहेको छ ।

एमाले अध्यक्ष केपी ओली, माओवादी अध्यक्ष प्रचण्ड र फोरमका अध्यक्ष उपेन्द्र यादवबिच बैठक बसेर कार्यदलले बुझाएको प्रतिवेदनमा सहमति जुटाउने तयारी भइरहेको छ ।

फोरमलाई सरकारमा ल्याउन ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड दुवैले पहल गरेका थिए । दुईतिहाइ बहुमतको सरकार बनाउने उद्धेश्यका साथ फोरमलाई सरकारमा ल्याउन लागिएको हो ।

मधेस केन्द्रित दलले उठाउँदै आएको संविधान संशोधनको मुद्दामा माओवादी केन्द्रका अध्यक्ष दाहाल सकारात्मक भए पनि ओली अनुदार बन्दै आएका थिए । प्रधानमन्त्री भएसँगै ओली सकारात्मक भएका हुन् ।

दुई तिहाइ समर्थनको सरकार बनाउन ओलीले फोरमले उठाउँदै आएको संशोधनको मुद्दालाई आपसी सहमतिका आधारमा अघि बढाइने प्रतिबद्धता बैठकमै व्यक्त गरेपछि फोरम सरकारमा जान इच्छुक देखिएको हो ।

फोरम सरकारमा आएपछि एमाले–माओवादीबीच भएको मन्त्रालयको भागवण्डामा पनि तलमाथि हुने भएको छ । दुई दलले लिएका मन्त्रालय र तिनको संख्यामा पनि तलमाथि हुने भएको छ ।



प्रतिक्रिया दिनुहोस्