Logo

सामसुङको एस ९ र एस ९ प्लस स्मार्टफोन सार्वजनिक



बार्सिलोना, फागुन १४ । सामसुङले एस ९ र एस ९ प्लस स्मार्टफोन सार्वजनिक गरेको छ । स्मार्ट फोनको विश्वबजारमा अग्रणी स्थान ओगटेको दक्षिण कोरियाली कम्पनी सामसुङले स्पेनको बार्सिलोनामा आयोजित ‘प्रि–मोबाइल वर्ल्ड कंग्रेस २०१८’ मा दुवै स्मार्टफोन सार्वजनिक गरेको हो ।

यी दुवै फोन सामसुङको ग्यालेक्सी एस ८ र ग्यालेक्सी एस ८ प्लसपछि बजारमा आएको हो । एस ९ र एस ९ प्लस स्मार्टफोनको क्यामेरालाई विगतका स्मार्टफोनको तुलनामा निकै सुधार गरिएको बताइएको छ । यी दुवै फोनमा सोशल मिडिया प्रयोगकर्ताका आवश्यकतालाई विशेष ख्याल गरिएको कम्पनीको दावी छ ।

ग्यालेक्सी एस ९ मा स्लीक, रिफाइन्ड इन्फिनिटी डिस्प्ले छ । एस ९ मा ५.८ इन्चको र एस ९ प्लसमा ६.२ इन्चको स्क्रिन छ । फिंगर प्रिन्ट सेन्सर मोबाइलको पछिल्लो भागमै छ । यसमा इन्टेलिजेन्ट स्क्यान फिचर समावेश गरिएको छ । यी फोनमा वायरलेस प्रविधिबाट ब्याट्री चार्ज हुने व्यवस्था छ ।

सामसुङ एस ९ को अन्तर्राष्ट्रिय बजार मूल्य ७२० डलर र एस ९ प्लसको ८४० डलर तोकिएको छ । (एजेन्सी)



प्रतिक्रिया दिनुहोस्