Logo

देउवा कांग्रेसको लागि योग्य र सक्षम व्यक्ति रहेनन् : पौडेल



काठमाडौं, १६ फागुन । नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी सभापति शेरबहादुर देउवा पार्टीको लागि योग्य र सक्षम व्यक्ति नभएको आरोप लगाएका छन् ।

बुधबार महामन्त्री डा. सशांक कोइरालाले आफ्नो निवासमा पार्टीका राष्ट्रियसभा र प्रतिनिधिसभामा नवनिर्वा्चित सांसदहरुलाई लञ्चको लागि बोलाएको भेलामा पत्रकार ऋषि धमलासँगको संक्षिप्त कुराकानीमा बरिष्ठ नेता पौडेलले यस्तो आरोप लगाएका हुन् ।

उनले पार्टीको संसदीय दलको नेतामा अब देउवाले अरुलाई छोड्नुपर्ने धारणा राखे । उनले थपे,‘देउवाजीले अब दलको नेता छोड्नुपर्छ । देउवाजी अब कांग्रेसको लागि योग्य र सक्षम व्यक्ति रहेनन् । उनलाई पार्टीलाई पराजय बनाए ।’

निर्वाचनका लागि औपचारिक रुपमा १८ गते निर्वाचन कार्ता्लिका प्रकाशन गर्ने र २० गते उम्मेदवारी दर्ता गर्ने कार्यतालिका छ । त्यस्तै फागुन २१ गर्ने निर्वाचन गर्ने निर्वाचन समितिले जनाएको छ ।

यता महामन्त्री कोइराला भने अहिले पनि सहमतिमा नै दलको नेता चयन गर्नुपर्ने बताउदै आएका छन् । उनले अहिलेको परिस्थितिमा राम्रो सन्देश दिन समेत सहमतिमा नै दलको नेता चयन हुनु पर्ने उनको धारणा रहेको छ ।



प्रतिक्रिया दिनुहोस्