काठमाडौं, १६ फागुन । ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालका मधुमेह, थाइरोइड तथा हर्मोन रोग बिशेषज्ञ डा. सन्देश पन्थी बङ्गलादेशको प्रधानमन्त्री गोल्ड मेडलबाट सम्मानित हुनुभएको छ ।
जन गणतन्त्र बङ्गलादेशकी प्रधानमन्त्री शेख हसिनाले गत आइतबार प्रधानमन्त्री कार्यलायमा आयोजित एक बिशेष समारोहमा डा। पन्थीलाई गोल्ड मेडलबाट सुसोभित गर्नुभएको हो ।
डा. पन्थीले बङ्गलादेशको एकमात्र सरकारी मेडिकल बिश्वविद्यालय बङ्गबन्धु शेख मुजिब मेडिकल बिश्वबिद्यालयबाट सन् २०१६ मा पाँच बर्षे एमडी एण्डोक्राइनोलोजी एण्ड मेटाबोलिज्म, डायबर्टिज, थाइरोइड तथा हर्मोन रोग बिशेषज्ञ० बिशेषज्ञता हाँसिल गर्नुभएको थियो ।
उहाँले सो बिश्वबिद्यालयको एण्डोक्राइनोलोजी एण्ड मेटाबोलिज्म बिभागमा मात्र नभएर समग्र मेडिसिन फ्याकल्टीमानै सर्वाधिक अंक सहित सर्बोत्कृष्ट नतिजा हाँसिल गर्नुभएको थियो ।
डा. पन्थी हाल ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल धापासीमा डायबेटिज, थाइरोइड तथा हर्मोन रोग बिशेषज्ञका रुपमा कार्यरत हुनुहुन्छ ।
ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल परिवार डा. सन्देश पन्थिलाई यस सम्मानकालागि हार्दिक बधाई तथा उत्तरोत्तर प्रगतिको शुभकामना ब्यक्त गर्दछ ।