Logo

सभामुख चयनका लागि कार्यतालिका बनाउन निर्देशन



काठमाडौँ, फाल्गुन १६ :  संघीय संसद सचिवालयले सभामुख, उपसभामुख तथा राष्ट्रिय सभाका अध्यक्ष, उपाध्यक्ष चयनका लागि कार्यतालिका बनाउने तयारी गरेको छ ।

संसदमा प्रतिनिधित्व गर्ने दलको बैठकले संसदको पहिलो बैठक अगावै कार्यतालिका तयारी गर्न निर्देशन दिएको एक नेताले जानकारी दिए ।

संविधानको धाराा ९१ अनुसार प्रतिनिधि सभाको पहिलो बैठक प्रारम्भ भएको मितिले पन्ध्र दिनभित्र प्रतिनिधि सभाका सभामुख र उपसभामुखको निर्वाचन गर्नुपर्छ । फागुन २९ गते राष्ट्रपति निर्वाचन तय भइसकेकाले त्यसअघि नै सभामुख निर्वाचन गर्ने तयारी छ ।

संघीय संसदको पहिलो बैठक फागुन २१ गते बस्दैछ । त्यसको अघिल्लो दिन २० गते ४ बजे प्रतिनिधिसभा तथा ५ बजे राष्ट्रिय सभाका सदस्यहरुको शपथ ग्रहणको कार्यक्रम छ ।



प्रतिक्रिया दिनुहोस्