काठमाडौं, १६ फागुन । संविधान संशोधनमा प्रतिबद्धता जनाउने र सरकारमा फोरम नेपालको सहभागिता गराउनेबारे सहमति जुटाउन प्रधानमन्त्री केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवबीचको वार्ता जारी छ ।
सिंहदरबारस्थित् एमाले संसदीय दलको कार्यालयमा जारी छलफलमा आजै एक सहमति गरिने उच्च स्रोतको दाबी छ ।