Logo

कहिले सर्छ प्रदेश राजधानी ?



काठमाडौं १७ फागुन । भौतिक योजना तथा पूर्वाधारमन्त्री केशव स्थापितले प्रदेश ३ को राजधानी अपायक स्थान हेटौंडामा भएको भन्दै केही समयमै सर्ने बताएका छन् ।

हेटौंडा छेउ भयो, कसैलाई पायक पर्दैन, स्थापितले भने, अब काठमाडौं आसपास राजधानी सर्छ । प्रदेश राजधानी सार्ने विषयमा आफूले अठोट लिइसकेको उनले बताए । आजको कान्तिपुरमा समाचार छ ।

समाचारमा लेखिएको छ, स्थापितले बढीमा डेढ महिनाभित्र राजधानी सर्ने दाबी पनि गरे । केही दिनअघि उक्त प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले हेटौंडाबाट प्रदेश राजधानी अन्यत्र नसार्ने दाबी गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्