Logo

वाम गठबन्धन र फोरमबिच सहमति भएन, फोरमको सरकार यात्रा अनिश्चित



फागुन १७, काठमाण्डौ । संविधान संशोधन र सरकारमा सहभागिताका विषयमा वाम गठबन्धन र संघीय समाजवादी फोरमबीच आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठक विना निष्कर्ष टुङगिएको छ।

बालुवाटारमा भएको वार्तामा मन्त्रालय भागवण्डाबारे सहमति हुन नसकेको हो ।

फोरमले तीन वटा मन्त्रालय मागेको छ । माओावदी र एमालेले भने सुरुमा एक मन्त्री र एक राज्यमन्त्री दिने भनेको छ । सहमतिका लागि दुई वटासम्म मन्त्रालय दिन सकिने एमाले र माओवादीका नेताहरुले बताएका छन् ।
तर मन्त्रालय भागवण्डा नमिलेपछि फोरमसँग सहमति गर्ने प्रयास आज पनि असफल भएको छ ।

संविधान संशोधनमा भने तीन दलबीच लगभग सहमति जुटेको छ । एमाले र माओवादी केन्द्रले आपसी सहमतिमा संविधान संशोधन गर्ने प्रतिवद्धता जनाएका छन् ।
सहमति जुटाउन तीन दलका शिर्ष नेताहरुबीच बुधबार साँझ बसेको बैठक पनि बैठक निष्कर्षविहीन भएको थियो।



प्रतिक्रिया दिनुहोस्