Logo

विश्वकप क्रिकेट छनोटमा आज नेपालले हङकङसँग अभ्यास खेल खेल्दै



काठमाडौं, १७  फागुन। एक दिवसीय विश्वकप छनोट प्रतियोगिता खेल्न जिम्बाबे पुगेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज हङकङसँग अभ्यास खेल खेल्दैछ ।

काठमाडौं, फागुन १७ । एक दिवसीय विश्वकप छनोट प्रतियोगिता खेल्न जिम्बाबे पुगेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज हङकङसँग अभ्यास खेल खेल्दैछ ।

खेल नेपाली समय अनुसार दिउँसो सवा १ बजे सुरु हुनेछ । यसअघि पहिलो अभ्यास खेलमा नेपालले युएईलाई ५ विकेटले हराएको थियो ।

१० राष्ट्र सहभागि विश्वकप छनोट प्रतियोयितामा नेपाल समुह बी मा रहेको छ । यो समुहमा नेपालसँगै आयोजक जिम्बाबे, अफगानिस्तान, स्कटल्याण्ड र हङकङ रहेका छन् ।

अर्को समुहमा वेष्ट इन्डिज, नेदरल्याण्ड्स, पपुवा न्युगीनी, युएई र आयरल्याण्ड छन् । हरेक समुहका उत्कृष्ट तीन टोली सुपर सिक्स चरणमा पुग्नेछन् ।

फाइनलमा पुग्न सफल दुई टोली अर्को वर्ष इङ्ल्यान्ड र वेल्समा संयुक्तरुपले आयोजना हुने एक दिवसीय विश्वकप क्रिकेटमा सहभागि हुन पाउनेछन् ।

यसैगरी शीर्ष तीन स्थानमा पर्न सफल एसोसिएट राष्ट्रले आगामी चार वर्षका लागि एक दिवसीय क्रिकेट राष्ट्रको मान्यता पाउनेछ ।



प्रतिक्रिया दिनुहोस्