Logo

रोचडेललाई हराउँदै टोटनह्याम क्वाटरफाइनलमा



काठमाडौं, १७ फागुन । रोचडेललाई हराउँदै टोटनह्याम हट्सपर एफए कप फुटबलको क्वाटरफाइनलमा पुगेको छ ।  गएराति वेम्बले रंगशालामा भएको रि प्ले मा टोटनह्याम ६-१ ले विजयी भयो । टोटनह्यामलाई विजयी गराउन फर्नान्डो लोरेन्तेले दोस्रो हाफको १२ मिनेटभित्र ह्याट्रिक पुरा गरे ।

यसैगरी कोरियाली खेलाडी हिउङ मिन सनले दुई गोल गर्दा कायल वाल्कर पिटर्सले एक गोल थपे । जितसँगै टोटनह्यामले प्रिमियर क्लव स्वान्सी सिटीविरुद्धको क्वाटरफाईनल भिडन्त तय गरेको छ ।



प्रतिक्रिया दिनुहोस्