Logo

सरकारी स्वामित्वका उद्योगको पुनःसंरचना आवश्यक : मन्त्री यादव



लहान, १७ फागुन : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले सरकारी स्वामित्वमा रहेका उद्योगको पुनःसंरचना जरुरी रहेको बताउनुभएको छ ।

होली पर्वका अवसरमा सिरहाको मिर्चैया नगरपालिकाले आयोजना गरेको सम्मान तथा शुभकामना आदानप्रदान कार्यक्रममा मन्त्री यादवले सरकारी स्वामित्वमा रहेका उद्योगधन्दा कर्मचारी र नेताहरुलाई तलब भत्ता खुवाउने संस्थाका रुपमा मात्र सीमित भएकाले ती संस्था नयाँ ढंगबाट सञ्चालन गर्नुपर्ने बताउनुभयो ।

अबका दिनमा सरकारी लगानीका उद्योगलाई अझै विकसित गर्दै यसलाई कर्मचारी पाल्नेभन्दा पनि देश विकासमा टेवा पु¥याउने ढंगले विकास गर्न जरुरी रहेको उल्लेख गर्दै मन्त्री यादवले त्यसका लागि आफ्नै कच्चा पदार्थ उत्पादनमा जोड दिनुपर्ने बताउनुभयो ।

मिर्चैया नगरपालिकाका प्रमुख श्रवण यादवको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रदेशसभा सदस्यद्वय जगतप्रसाद यादव, भरत साहले होलीको शुभकामना व्यक्त गर्नुभयो । (रासस)



प्रतिक्रिया दिनुहोस्