Logo

शिक्षा र स्वास्थ्य जनताको पहुँचसम्म पु¥याउनु राज्यको दायित्व : मुख्यमन्त्री गुरुङ



२६ लाखको आँखा जाँच
पोखरा, १७ फागुन (रासस) : प्रदेश नं.४ का मुख्यमन्त्री पृथ्वीसुब्वा गुरुङले शिक्षा र स्वास्थ्य जनताको पहुँचसम्म पु¥याउनु राज्यको दायित्व भएको बताउनुभएको छ ।

हिमालय आँखा अस्पताल घारीपाटन पोखराको रजतजयन्ती समारोहका अवसरमा सबस्पेसलिष्ट क्लिनिकको आज उद्घाटन गर्दै उहाँले समृद्धिका लागि प्राकृतिक स्रोत र साधनको भरपूर उपयोग गर्ने तयारीमा प्रदेश सरकार जुटेको बताउनुभयो ।

नेपाल नेत्रज्योति संघका अध्यक्ष प्रा डा तीर्थप्रसाद मिश्रले संघले हालसम्म मुलुकका विभिन्न स्थानमा सञ्चालित आठ आंँखा अस्पताल र ८० आँखा उपचार केन्द्रमार्पmत मुलुकका ९० प्रतिशत आँखाका बिरामीलाई सेवा पु¥याउँदै आएको जानकारी दिनुभयो ।

पोखरा लेखनाथ महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले अस्पतालले गुणस्तरीय सेवा र सुविधा प्रदान गरेर अन्य प्रदेशलगायत विदेशीलाई आकर्षण गर्न सके स्वास्थ्य सेवाका माध्यमबाट पोखराको पर्यटन विकासमा टेवा पुग्ने उल्लेख गर्नुभयो ।

हिमालय आँखा अस्पताल घारीपाटन पोखराका मेडिकल सुपरिटेण्डेण्ट डा इन्द्र महर्जनले गण्डकी, धौलागिरि र कर्णाली अञ्चलमा २६ लाख जनाको आँखा परीक्षण गर्नाका साथै एक लाख मोतियाविन्दुसहित दुई लाखभन्दा बढीको आँखाको शल्यक्रिया गरिसकेको जानकारी दिनुभयो ।



प्रतिक्रिया दिनुहोस्