Logo

ओली सरकारले अधिनायकवाद लाद्ने कामको सुरुवात गर्यो : रमेश लेखक



मन्थली, १७ फागुन । नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा पूर्वमन्त्री रमेश लेखकले संघिय संसदको सपथ नगरीकन प्रधानमन्त्री बन्न हतार गरेका सत्तालोलुप केपि ओलीले निवर्तमान सरकारले सिफारिस गरेका राष्टिय सभाका सदस्यहरुको नामावली फिर्ता गरेर मुलुकमा अधिनाायकवाद लादने कामको सुरुवात गरेको आरोप लगाएका छन् ।

शहिद टिकाराज आरण स्मृति प्रतिष्ठानको आयोजनामा नेपाली कांग्रेसका नेता शहिद टिकाराज आरणको १८ औँ श्रद्धाञ्जली सभा तथा शालीक सिलान्यास गर्न रामेछापको मन्थली पुगेका नेता लेखकले शान्ति प्रक्रियालाई मूर्त रुप दिने काम सविंधान निर्माण गर्ने काम र सविंधानको कार्यन्वयन गर्न तिनै तहको तहको निर्वाचन गर्न नेतृत्वदायी भूमिका खेलेको इतिहास साँक्षी भएको बताए ।

अबका दिनमा आफनो नेतृत्वमा भएका कामको सफल कार्यान्वयनका लागी नेपाली कांग्रेस रचनात्मक प्रतिपक्ष को भूमिका निर्वाह गर्ने पनि बताए । पार्टी पराजय भयो भनेर हतोत्साहित हुन नहुने बताउँदै लेखकले भने, हामीले यो चुनाव अकंगणितिय हिसाबले हारे पनि हाम्रो मुद्धाले जितेको छ यसमा हामीले गर्व गर्नुपर्छ ।

कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला सभापति लबश्री न्यौपाने ले पार्टीलाई सानातिना विवादबाट मुक्त गरी मजबुत संगठन निर्माण गरेर नयाँ शिराबाट अगाडी बढ्नु पर्ने धारणा व्यक्त गरे ।

महासमिति सदस्य तथा प्रतिनिधि सभाका उमेदवार पूर्ण बहादुर तामाङ (कान्छराम) ले आफू पराजित भए पनि रामेछाप जिल्लाको विकासको लागी सदैब लागिरहने बताए ।

साथै तामाङले शहिद टिकाराज आरण स्मृति प्रतिष्ठानलाई १ र जिल्लाभरिका लागी ६ वटा एम्बुलेन्स व्यक्तिगत रुपमा उपलब्ध गराउने र शालिक निर्माणमा पनि सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

शालीक निर्माणका लागी महाधिवेशन प्रतिनिधि भरत चौलागाँइले रु २ लाख हस्तान्तरण गर्नुका साथै नेपाली कांग्रेसका जिल्ला उपसभापति जितेन्द्र मोक्तानले ५० हजार ५ सय, महाधिवेशन प्रतिनिधि बिनिता खडकाले २५ हजार सहयोग गर्ने बचन बद्धता जाहेर गर्नु भयो । शहिद आरणको ससस्त्र द्धन्द्धको बेला नेकपा माओवादीका कार्यकर्ताहरुले २०५८ सालमा अपरण गरी हत्त्या गरेका थिए ।

२०६७ सालमा आरणलाई सहिद घोषणा गरिएको थियो । कार्यक्रम शहिद पत्नि मन्थली नगरपालिका वडा नं. ९ इकाइ सभापति महेश्वरी आरणको सभापतित्वमा सम्पन्न भएको थियो ।



प्रतिक्रिया दिनुहोस्