Logo

भ्रष्टहरुलाई जेल नहाली सुशासन र विकास सम्भव छैन : प्रचण्ड



ल्हासादेखि लुम्बिनी जोडने रेलको सपना पुरा भएको भनाई

नवलपरासी, १८ फागुन । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले वाम गठबन्धनको सरकारको मुख्य ध्यान विकास र सुशासनमा केन्द्रित रहने बताउनुभएको छ ।
नवलपरासीको बर्दघाटमा शहीद तथा वेपत्ता परिवार सम्मान कार्यक्रममा बोल्नुहुँदै अध्यक्ष प्रचण्डले जनताको चाहना विकास भएपनि विकासका लागि सुशासनको अनिवार्यतमा जोड दिनुभयो ।

”अहिले जनताले स्थायित्व र विकास खोजेका छन ।” प्रचण्डले भन्नुभया, “तर यसका लागि सुशासन भई हुँदैन । न्यायालदेखि कर्मचारी र सुरक्षा संयन्त्रको बेथिति अन्तय नगरी सम्भव हुँदैन ।”

कम्युनिष्टहरुको झण्डै दुई तिहाई आएको बेला बनेको सरकारका अगाडि देश विकासबाहेक अन्य कुनै कुरा प्राथमिकतामा नभएको बताउनुहुँदै अध्यक्ष प्रचण्डले त्यसका लागि भ्रष्टाचारीहरुलाई जेल हाल्नुपर्ने बताउनुभयो । अध्यक्षले भन्नुभयो, “अहिले न्यायालदेखि, कर्मचारीतन्त्र र सुरक्षा सन्यन्त्रमा पनि बेथिती छ भन्ने सुनिन्छ । दुबै पार्टीको नेतृत्वमा तहमा हामीले भ्रष्ट र बेथिति गर्ने कसैलाई नछोडने अठोट गरेका छौं ।” अध्यक्षले अगाडि भन्नुभयो, “न्यायालयमा बेइमानी गर्ने, जाली फटाहाहरुका पक्षमा न्याय दिनेहरुलाई महाअभियोग लगाउने समय आएको छ । भ्रष्टाचार गर्ने कर्मचारीतन्त्रलाई जेल हाल्ने बेला आएको छ । त्यसो नगरे विकास सुशासन सम्भव छैन । भ्रष्टहरुलाई तह लगाउन नसके जनताले हामीलाई नै सजाय दिने कुरा हामीलाई थाहा छ ।”

जो यो प्रक्रियामा आउँदैन र खुशी भएको छैन, त्यो प्रगतिशील र देशभक्त हुन सक्दैन । जनविरोधी र विदेशी प्रतिक्रियावादीका दलालले मात्रै एकताको बिरोध गर्न सक्छन ।

पार्टी एकताबाट विदेशी प्रतिक्रियावादीका दलालहरुमात्रै दुखी र अत्तालिएको अध्यक्षको टिप्पणी थियो । नेपाली जनताको सुख, समृद्धि, स्थायित्व र सुशासन चाहने सबैले पार्टी एकता चाहेको र ढिलो चाँडो सबै कम्युनिष्टहरु एउटै ठाउँ आउनुको विकल्प नभएको अध्यक्षले जोड दिनुभयो । “।धेरै घेराबन्दी, चाल र षडयन्त्रलाई असफल पारेर पार्टी एकताको समझदारी बनेको हो ।” वहाँले भन्नुभयो, “अहिले पनि एकथरिलाई यो सह्य नभएकोले कम्युनिष्टको बहुमत आएको देख्दा आफैलाई कोपरौं कि चिथोरौं भन्ने भा छ ।”

इतिहासका निर्माता जनता भएकोले बिरोधीहरुले जतिसुकै षडयन्त्र गरेपनि केही नहुने अध्यक्ष प्रचण्डले बताउनुभयो । “जनताको एकता र चाहनाका अगाडि जसले जति षडयन्त्र गरेपनि केही चल्नेवाला छैन । इतिहासको निर्माता जनता भएकोले बिरोधीहरु जतिसुकै बौलाए पनि केही हुनेवाला छैन ।” वहाँको भनाई थियो, “जो यो प्रक्रियामा आउँदैन र खुशी भएको छैन, त्यो प्रगतिशील र देशभक्त हुन सक्दैन । जनविरोधी र विदेशी प्रतिक्रियावादीका दलालले मात्रै एकताको बिरोध गर्न सक्छन । तर नेपाली जनताको एकताको चाहनालाई सफल पार्ने यो एकतालाई कायम राख्न सबै चनाखो बन्नु जरुरी छ ।”

केपी ओली जी र मलाइ देशको जनताको सेवाबाहेक अरु केही लिनुदिनु छैन । एकजना १४ वर्ष जेल बसेका र अर्को वर्षौ बनबास बसेका व्यक्ति नेतृत्वमा छौं ।

वाम सरकारका अगाडि देशको विकास, सुशासन र समृद्दिबाहेक अरु कुनै एजेण्डा नभएको बताउनु हुँदै अध्यक्ष प्रचण्डले नेपाल अब विश्वमा नै विकास र सुशासनमा पनि सगरमाथा जस्तो उदाहरणीय बन्नु पर्ने बताउनुभयो । “ अहिलेको वाम गठबन्धन र नयाँ पार्टीको बहुमतको एकमना सरकार सबैका लागि खुशी र गर्व हो । कम्युनिष्टले नेतृत्व गरेका सरकार पटकपटक बनेपन पहिलो पटक कम्युनिष्टको मात्रै सरकार बनेको छ ।” अध्यक्षले भन्नुभयो, “विकासलाई गति दिन सुशासन आवश्यक छ । यसका लागि नेतृत्वमा दृढ इच्छाशक्ति हुनुपर्छ । केपी ओली जी र मलाइ देशको जनताको सेवाबाहेक अरु केही लिनुदिनु छैन । एकजना १४ वर्ष जेल बसेका र अर्को वर्षौ बनबास बसेका व्यक्ति नेतृत्वमा छौं । हाम्रो स्वार्थ देशलाई चाँडो भन्दा चाँडो विकास गराउने मात्रै छ । गौतम ब्द्धले २६ सय वर्ष अघि ज्ञान दिए, अब हामी नयाँ मोडेलका समाजवाद संसारलाई दिन सक्छौं । त्यसका लागि तीब्र विकासको चाहना मात्रै हाम्रो स्वार्थ हो ।”

नेपालका अगाडि ऐतिहासिक अवसर र अग्नीपरीक्षा रहेको बताउनुहुँदै अध्यक्ष प्रचण्डले हिजोका दिनमा विकास नहुँदा दोष दिने ठाउँ भएपनि अब कसैलाई दोष दिएर उम्किने ठाउँ नभएको बताउनुभयो ।

आफू र केपी ओली प्रधानमन्त्री पटकपटक ल्हासाबाट लुम्बिनी रेल ल्याउने कुरा चीन सरकारसँग गरेको बताउनुहुँदै अध्यक्षले त्यो कुरा अब पुरा हुन गइरहेको बताउनुभयो । वहाँले भन्नुभयो, अब त्यो सपना रहेन, त्यो रेल आउँदैछ । काठमाडौं, पोखरा हुँदै लुम्बिनीसम्म रेल आउँदैछ । लाखौं पर्यटक भित्र्याउने छ ।” कनेक्टिभिटी अर्थात जोडने कुरा आर्थिक विकासका लागि सबैभन्दा महत्वपूर्ण भएको अध्यक्षले ब्याख्या गर्नुभएको थियो ।



प्रतिक्रिया दिनुहोस्