Logo

सनसाइनले दियो पत्रकार उपचार कोषलाई रु ५१ हजार



भद्रपुर, १८ फागुन : बिर्तामोडस्थित सनसाइन किन्डर हाउसले नेपाल पत्रकार महासंघ झापा शाखाद्वारा स्थापित पत्रकार सहारा उपचार कोषका लागि रु ५१ हजार १११ प्रदान गरेको छ ।

विद्यालयका संस्थापक निर्देशक दीपक गिरी र संस्थापक प्रिन्सिपल पूजा गिरीले पत्रकार महासंघका उपाध्यक्ष एवं उपचार कोषका संयोजक एकराज गिरीलाई बिहीबार उक्त रकमको चेक प्रदान गर्नुभएको हो ।

नागरिकलाई सुसूचित गर्ने कार्यमा अहोरात्र खट्ने पत्रकार बिरामी तथा दुर्घटनामा घाइते हुँदा केही सहयोग पुगोस् भनेर विद्यालयको तर्फबाट कोषमा रकम प्रदान गरिएको संस्थापकद्वय गिरीले जानकारी दिनुभयो ।

हालसम्म कोषमा रु ३३ लाखभन्दा बढी रकम जम्मा भइसकेको उपचार कोषका संयोजक एकराज गिरीले बताउनुभयो । (रासस)



प्रतिक्रिया दिनुहोस्