Logo

मृगौला पीडितको लागि ऋषि धमलाको पहलमा सहयोग संकलन



काठमाडौं, १८ फागुन । रिपोर्टर्स क्लब नेपालका सभापति ऋषि धमलाको पहलमा मृगौली पीडित ३२ वर्षीय कृष्णबहादुर शाहीको उपचारको लागि सहयोग रकम संकलन भएको छ।

पूर्वमन्त्री एवम् एमाले नेता आनन्द पोखरेलले निःशुल्क उपचारको पहल गर्ने वचन दिएका छन् । शुक्रबार रिपोर्टर्स क्लब नेपालले धादिङ त्रिपूरासुन्दरी गाउपालिका वडा नं. ६ स्थायी घर भएका ३२ वर्षीय कृष्ण शाहीको उपचारको लागि आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता पोखरेलले यस्तो वचन दिएका हुन ।

उनले भने,‘कृष्णजीको उपचार हुन्छ, तपाईले गाउपालिकादेखि सरकारी अस्पतालसम्मका सबै प्रक्रिया मिलाएर आउनुहोस् म तपाईको लागि सरकारसँग कुरा गर्छु उपचार हुन्छ, ढुक्क हुनुहोस् ।’

क्लबका अध्यक्ष ऋषि धमलाको पहलमा मृगौला रोगी शाहीको उपचारका लागि विभिन्न व्यक्तिबाट आजमात्रै १ लाख २५ हजार रुपैयाँ घोषणा गरिएको छ । बौद्ध धर्मगुरु साईफल तेन्जीङ रिम्पोछेले १ लाख, मेघ आलेले २० हजार र निराजन डाँगी ५ हजार आर्थिक सहयोग घोषणा गरेका हुन । त्यस्तै नायक निखिल उप्रेतीले नगद १८ सय रुपैयाँ प्रदान गरेका छन् ।

धमलाले मृगौला रोगी शाहीको स्वास्थ्य अवस्थाका बारेमा गम्भिर बन्न सरकारलाई आग्रह गरेका छन् । उनले भने,‘कृष्ण भाईको उपचार हुन्छ, मैले सरकारसँग कुरा गर्नेछु।’

त्यस्तै मृगौला रोगी कृष्ण शाहीले सबैसँग सहयोग लागि अपिल गरेका छन् । निदान अस्पताल पुलचोक ललितपुरामा डाईलासिस गरिरहेका शाहीले भने,‘म मृगौला रोगबाट ग्रसित भएको तीन वर्ष पूरा भएको तपाईलाई जानकारी गराउँदछु ।’

उनले अघि थपे,‘मेरो घर धादिङ जिल्ला त्रिपूरासुन्दरी गाउँपालिका वडा नम्बर ६ हो । कमजोर आर्थिक स्थितिबाट माथि उक्लिदै गरेको मेरो ३२ वर्षीय जिन्दगी मृगौला रोगको सिकार भएको छ ।’ शाहीले आफूलाई पत्रकार ऋषि धमलाले अहिलेसम्म सक्दो सहयोग पुर्याउँदै आएको भन्दै धमलालाई भगवानको संज्ञा दिए ।

आँखाबाट आँसुका ढिकाहरु खसाल्दै मृगौला रोगी शाहीले भने,‘मेरो आमा म १० वर्षको हुँदा बित्नुभयो । विगत पाँच वर्षदेखि बाबा मानसिक रोगबाट पीडित हुनुहुन्छ । बाबाको नाममा कुनै सम्पत्ति पनि छैन् । केही वर्ष पहिले रोजगारीको लागि दुवईमा पुगेको थिएँ । त्यहाँबाट फर्किए लगत्तै म बिरामी परे । दुःखको कुरा बिदेशमा कमाएको पाँचलाख जति सम्पति मेरो जेठी श्रीमतीले लगेर भागिन ।’

उनले भने,‘त्यसपछि म झनै बेसहारा बने । बाध्यता बस मैले दोस्रो बिवाह गरे । कान्छि श्रीमती दिलमाया मगर ‘शाही’ले मृगौला दिन्छु भनेकी छन् । तर अप्रेशन गर्ने हामीसँग रकमको चरम अभाव छ । यस कारण राज्यको चौथो अंग एवम् समाजको अभिन्न समुदाय तपाई पत्रकार जगतलाई मेरो जीवन बचाउनको लागि महत्पूर्ण भूमिका खेलिदिनु हुन आग्रह गर्दछु । सहयोगी मनहरुका लागि लक्ष्मी बैंकमा रहेको मेरो खाता नम्बर ००७२४२८३७०५ मा सक्दो रकम जम्मा गर्नु हुन विनम्र अनुरोध गर्दछु । म बाँच्न चाहन्छु, मलाई बचाईदिनुहोस् ।’



प्रतिक्रिया दिनुहोस्