Logo

प्रमुख प्रतिपक्षीलाई पनि विश्वासमा लिएर संशोधनको पहल गर्छौ : शर्मा



काठमाडौं, १८ फागुन । नेकपा माओवादी केन्द्रका नेता दिनानाथ शर्माले संघर्षपनि सरकारभित्रै बसेर गर्दा राम्रो हुने भएकोले राजपा र फोरम दुवै सरकारमा सहभागी हुन जरुरी रहेको बताए ।

शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा उनले भने,‘संविधान संशोधनको लागि दुई तिहाई चाहिन्छ, तर हामी प्रमुख प्रतिपक्षी दलसँगपनि सहमति कायम गरेर अघि बढ्नुपर्छ।’

नेता शर्माले आफूहरु प्रमुख प्रतिपक्षी दललाई विश्वासमा लिएर संविधान संशोधन गर्नेबारे पहल गर्न सकारात्मक रहेको सुनाए । उनले भने,‘सबै दल अब एक ठाउँमा बस्नुपर्छ, आरोप–प्रत्योरोप गर्ने छुट छैन।’

शर्माले उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपाल प्रतिपक्षमा बस्नुभन्दा पनि सरकारमा सहभागी भए राम्रो हुने भएकोले आफूहरुले राजपा र फोरम दुवैलाई सहभागी गराउन प्रयत्न गरिरहेको सुनाए ।



प्रतिक्रिया दिनुहोस्