Logo

निष्पक्ष ढंगबाट कार्यसम्पादन गर्न प्रहरी बललाई गृहमन्त्रीको निर्देशन



काठमाडौँ, १८ फागुन (रासस) : गृहमन्त्री रामबहादुर थापाले जनताको सेवा र सुरक्षामा तटस्थ र निष्पक्ष ढंगबाट प्रभावकारी रुपमा कार्यसम्पादन गर्न सशस्त्र प्रहरी बललाई निर्देशन दिनुभएको छ ।

गृहमन्त्री थापाले हलचोकस्थित सशस्त्र प्रहरीबल प्रधान कार्यालयको आज निरीक्षणपछि निर्देशन दिने क्रममा सबैले आफ्नो तहगत संरचनाबमोजिमको जिम्मेवारीलाई अक्षरशः पूरा गर्नुपर्ने बताउँदै प्रहरी बललाई आवश्यक पर्ने स्रोतसाधनको उपलब्धताका लागि मन्त्रालयको प्रतिबद्धता जनाउनुभयो । उहाँले देश र जनताको हितमा समर्पित रहँदै उत्कृष्ट कार्य गरी आफूलाई नमूनाका रुपमा प्रस्तुत गर्न बललाई आग्रह गर्नुभयो ।

सो अवसरमा सशस्त्र प्रहरी महानिरीक्षक सिंहबहादुर श्रेष्ठले प्रहरी बलबाट भएगरेका कामकारबाही तथा संगठनले हासिल गरेका उपलब्धिबारे जानकारी दिँदै आफ्नो संगठनलाई भरपर्दो केन्द्रीय सुरक्षा निकायका रुपमा अगाडि बढाई हरपल चलायमान फौजका रुपमा विकास गर्न लागिपरेको उल्लेख गर्नुभयो ।



प्रतिक्रिया दिनुहोस्