Logo

देउवाले संसदीय दलको नेता छाड्नुपर्ने कुनै कारण छैन : डा.सग्रौला



फागुन १९, काठमाण्डौ । नेपाली कांग्रेसकी नेतृ डा. डिला संग्रौलाले संदमा शसक्त प्रतिपक्षको भूमिका निर्वाह गर्नका लागि कांग्रेसको संसदीय दलको नेता सभापति शेरबहादुर देउवा नै हुनुपर्ने बताएकी छिन् ।

नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै नेतृ संग्रौलाले वाम गठबन्धनका कारण कांग्रेसका उम्मेदवारले चुनाव हारेको तर्क गर्दै देउवाको बचाउ गरेकी हुन् ।

संसदीय दलको नेताका लागि सहमतिको प्रयास भइरहेको जानकारी दिदै संग्रौलाले २१ गतेसम्म सर्वसम्मत नभए चुनाव हुने बताईन् ।
संसदीय दलको नेताका लागि पार्टीभित्र आन्तरिक प्रतिस्पर्धा हुनु स्वभाविक भएको भन्दै उनले यस्तो प्रतिस्पर्धाले पार्टी कमजोर नहुने बताईन् ।

आफू सर्वसम्मतकै पक्षमा भएको बताउँदै उनले चुनाव भए पनि स्वस्थ प्रतिस्पर्धाका आधारमा दलको नेता चयन गरिने बताइन् ।

फरक प्रसङ्गमा संग्रौलाले मन्त्रीमण्डलमा कम्तिमा ३३ प्रतिशत महिला सहभागि गराउनुपर्ने बताइन् ।

आफूहरु संविधानले महिलालाई दिएको अधिकार प्राप्तिका लागि लडाई लडिरहेको स्पष्ट पारिन् ।



प्रतिक्रिया दिनुहोस्