Logo

फ्रान्सको सबैभन्दा अग्लो हिमाल फ्रेन्च एल्पसमा हिम पहिरो, चारको मृत्यु



निस, फ्रान्स, १९ फागुन  : फ्रान्सको सबैभन्दा अग्लो हिमाल फ्रेन्च एल्पसमा शुक्रबार गएको हिम पहिरोमा परी कम्तीमा चार जनाको मृत्यु भएको यहाँको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार हिमपहिरोमा परी चार जनाको मृत्यु भएको छ भने एक जना वेपत्ता भएका छन् । उक्त घटनामा एक जना घाइते भएका छन् ।

इटालीको सीमाना नजिकै रहेको फ्रान्सको दक्षिणी एल्पस हिम शृङ्खलाको एन्ट्रनेस क्षेत्रमा भएको उक्त घटनापछि वेपत्ता व्यक्तिको खोजीका लागि विशेषज्ञहरू सहितको उद्धार टोली खटाइएको बताइएको छ । (रासस/एएफ्पी)



प्रतिक्रिया दिनुहोस्