Logo

कम्बोडियन पिपुल्स पार्टी ‘सिनेट’का सवै सिटमा विजय



न्हेमपेन्ह, १९ फागुन : कम्बोडियोका प्रधानमन्त्री सम्देच तेचो हुसेनको पार्टी ‘कम्बोडियन पिपुल्स पार्टी’ (सिपीपी) ले कम्बोडियाको माथिल्लो सदन (सिनेट) का सवै सिटमा विजयी हासिल गरेको छ

गत फेब्रुअरी २५ मा भएको निर्वाचनमा सिनेटका सवै सिटमा उहाँको पार्टी विजयी भएको अधिकारीहरुले शनिबार घोषणा गरेका हुन् । राष्ट्रिय निर्वाचन आयोगले कुल ११ हजार ६७० मतमध्ये सिपीपीले ११ हजार २०२ मत प्राप्त गरेको जनाएको छ । यो मत कुल मतको झण्डै ९६ प्रतिशत हो ।

चार प्रतिशत मत मात्रै अन्य पार्र्टी गएपछि उहाँको पार्टीले कुल ५८ सिट मध्ये सवै सिटमा विजयी भएको आयोगले जनाएको छ । निर्वाचनमा प्रधानमन्त्रीको पार्टी सिपीपी, राजकुमार नोरोडोम रानारिद्धको फन्सीन्पेस पार्टी, अक्बोडियन युथ पार्टी र खमेर नेश्नल युनाइटेड पार्टी गरी चार पार्टीले निर्वाचनमा प्रतिश्पर्धा गरेका थिए ।

कम्बोडियामा हरेक छ बर्षमा सिनेटको निर्वाचन हुने गर्दछ । यो आमनिर्वाचन होइन, किनकी यसमा आम नागरिकले भाग लिन पाउदैनन् । निर्वाचन आयोगका अनुसार संसद र गाँउ परिषद्का सदस्यहरुले सिनेटका लागि मतदान गर्दछन् ।(रासस/सिन्ह्वा)



प्रतिक्रिया दिनुहोस्