Logo

नेपाल भ्रमण स्थगितबारे सलमानले भोलि मुख खोल्ने, बैशाखमा आउने



काठमाडौं, १९ फागुन । बलिउडका चर्चित अभिनेता सलमान खानले आफ्नो नेपाल भ्रमणबारे भोलि विशेष रुपमा बोल्ने भएका छन् । उनको नेपाल भ्रमण स्थगित भएको छ।

यही फागुन २६ गते टुँडिखेलमा आयोजना गर्न लागिएको ‘दबंग द टूर नेपाल’मा सहभागी हुन आउन लागेका सलमानको भ्रमण नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाको विरोधका कारण डेढ महिना पर धकेलिएको छ । सलमान अब वैशाख पहिलो साता नेपाल आउने आयोजकले बताएको छ । यसबारेमा भने सलमानले भोलि बोल्नेछन् ।

‘दबंग द टूर नेपाल’को आयोजक ओडिसी इन्टरटेनमेन्टले हिजो (शुक्रबार) एक वक्तव्य जारी गर्दै तत्कालका लागि सलमानको भ्रमण स्थगित भएको जानकारी दिएको थियो । ओडिसीले कार्यक्रमको तयारीका लागि करिब १० करोड खर्च भइसकेको जानकारी दिँदै वैशाखमा हुने कार्यक्रमको दिन तय भएपछि पत्रकार सम्मेलनमार्फत थप जानकारी गराउने बताएको छ।

टिकट लिइसकेका दर्शकले त्यही टिकटबाट कार्यक्रम हेर्न सक्ने स्पष्ट पार्दै वैशाखमा सारिएपनि टिकट बिक्री भने जारी नै राख्ने आयोजकको तयारी छ।



प्रतिक्रिया दिनुहोस्