Logo

कान्तिपुरको मुद्दा ५ नम्बर इजलासमा, बहस जारी



काठमाडौँ, २०फाल्गुन :  अदालतको अवहेलना सम्बन्धमा कान्तिपुर पब्लिकेसन्सविरुद्ध परेको मुद्दा न्यायाधीशद्वय बमकुमार श्रेष्ठ र डम्बरबहादुर शाहीको इजलासमा परेको छ । ५ नम्बर इजलासमा बहस अहिले जारी छ ।

सर्वाेच्च अदालत प्रशासनले कान्तिपुर पब्लिकेसन्सलाई अदालतको अवहेलनाका सम्बन्धमा परेको मुद्दामा बयानका लागि शुक्रबार नै बोलाए पनि समयअभावमा आइतबार बोलाएको थियो।

आफ्नो अयोग्यतासम्बन्धी प्रश्नहरू उठेपछि प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीले अवहेलना मुद्दामा म्याद पाएको ७२ घण्टाभित्र अदालतमा स्वयं उपस्थित हुन कान्तिपुरलाई र आफूविरुद्धको समाचारमा रोक लगाउन प्रेस काउन्सिललाई आदेश गरेका थिए।



प्रतिक्रिया दिनुहोस्