Logo

असल र सफल बनाउने शिक्षा अावश्यक : ढकाल



ललितपुर,  २० फाल्गुन । पूर्व मन्त्री एकनाथ ढकालले विद्यालयले विद्यार्थीलाइ असल र सफल बनाउने शिक्षा दिनु पर्नेमा जाेडी दिएका छन्।

एकता एकाडेमी, ललितपुरको १२औ बार्षिकउत्सव समारोहमा बोल्दै पूर्व मन्त्री ढकालले शैक्षिकस्थल सबै दृस्टिकोणले सुरक्षित हुनु पर्ने,विद्यार्थीमैत्री वातावरण हुनु पर्ने तथा खोज र अनुसन्धानमुलक पद्धतिद्वारा पठनपाठन गराउनु पर्ने औंल्याए।

नेपाल परिवार दलका अध्यक्ष समेत रहेका ढकालले घोकन्ते शिक्षाले विद्यार्थी प्रतिश्पर्धी हुन नसक्ने भन्दै अध्ययनमा विद्यार्थीकाे स्वस्फुर्त रुचि बढाऊन सरोकारवाला निकायले ध्यान दिनु पर्ने उल्लेख गरे।

एकता एकाडेमीका प्राचार्य कृष्णप्रसाद ढकालको अध्यक्षतमा सम्पन्न समारोहमा प्रोफेशर नारायण शर्मा गजुरेल, ललितपुर उपमहनरपालिका वडा नम्बर २४ का निर्बाचित वडा अध्यक्ष दिनेश कार्की, कार्प नेपालका अध्यक्ष रुपसिंह भण्डारी लगायतले शुभकामना मन्तव्य राखेका थिए। ३०० विद्यार्थी रहेको एकता एकाडेमीले १०० जना गरिब तथा जेहन्दार विद्यार्थीलाइ छात्रबृति उपलब्ध गराउँदै आएको प्राचार्य कृष्ण ढकालले बताए।



प्रतिक्रिया दिनुहोस्