Logo

नारी दिबसमा ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालको नारी सम्मान स्वास्थ्य परिक्षण प्याकेज



काठमाडौं, २० फागुन । अन्तर्राष्ट्रिय नारी दिबसको अवसरमा सम्पुर्ण नारीहरुको सम्मानमा ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले यसबर्षपनि नारी सम्मान बिशेष स्वास्थ्य परिक्षण प्याकेज ल्याएको छ ।

आमा, जिबन साथी, बहिनी हुन वा छोरी, स्वस्थ सक्षम नारी हाम्रो जिम्मेवारी भन्ने नारा सहित फागुन २० गते देखी फागुन २५ गतेसम्म एक साताका लागि लागू गरिएको यस प्याकेज अफरमा ४० बर्ष सम्मका महिलाहरुकालागि मात्र पाँच हजार रुपैँयामा स्वास्थ्य परिक्षण गर्न सकिने ब्यबस्था छ ।

४० बर्ष माथिमा महिलाहरुको अतिरिक्त म्यामोग्राफी जाँच सहितको प्याकेजकालागि भने थप एकहजार सहित छ हजार रुपैयाँ तिर्नु पर्नेछ । प्याकेजमा सिबिसी, सुगर फास्टिङ, थाइराइड टेष्ट, अल्ट्रासाउण्ड एब्डोमिन , बोन मिनरल डेन्सिटोमेट्री, भिटामिन डि, युरिन रुटिन, गाइने कन्सल्टेसन, डाइटिसियन कन्सल्टेसन र ४० बर्ष भन्दा माथिका महिलाहरुकालागि म्यामोग्राफी जाँच समाबेश गरिएको छ ।

अस्पतालको एउटा पृथक र सम्पूर्ण स्वास्थ्य सेवाको पूर्ण गन्तव्यको रुपमा रहेको वेलनेस सेन्टरले, बेसिक हेल्थ चेक अप,कम्प्रिहेन्सिभ हेल्थ चेक अप,एक्जिक्यूटिभ हेल्थ चेक अप,एक्जिक्युटिभ प्लस हेल्थ चेक अप,डायबेटिज हेल्थ चेक अप,कार्डियाक हेल्थ चेक अप,चाइल्ड हेल्थ चेक अप,सिनियर सिटिजन हेल्थ चेक अप,किड्नी हेल्थ चेक अप,वुमन्स हेल्थ चेक अप लगायतका विभिन्न सुरक्षात्मक स्वास्थ्य परीक्षण प्याकेजहरु उपलब्ध गराउँदै आएको छ ।



प्रतिक्रिया दिनुहोस्